लेख विवरण

चीनसँग पराजित भएसँगै नेपाली महिला क्रिकेट टोली एसियन गेम्सबाहिर

चीनसँग पराजित भएसँगै नेपाली महिला क्रिकेट टोली एसियन गेम्सबाहिर

काठमाडौं, १७ जेठ। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले इतिहासकै सबैभन्दा खराब नतिजा हात पारेको छ ।

आइतबार एसियन गेम्स छनोटको खेलमा वरियतामा नेपाल भन्दा २१ स्थान पछि रहेको चीनसँग पराजित भएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को पछिल्लो वरियतामा नेपाल २१औं तथा चीन ४२औं स्थानमा छ ।

चीनसँगको तेस्रो ट्वान्टी २० अन्तर्राष्ट्रिय भेटमा अपराजित नेपालले चौथो खेलमा पहिलो हार बेहोरेको हो । चीनसँगको हारसँगै नेपाली महिला टोली एसियन गेम्सका लागि छनोट हुन सकेन ।

मलेसियाको बायोमास ओभलमा तेस्रो स्थानका लागि भएको खेलमा चीनसँग नेपाल डकवर्थ लुइस पद्दतीमा ५ विकेटले पराजित भएको हो । वर्षाले प्रभावित खेल ७ ओभरमा छोट्याइएको थियो । नेपालले ७ ओभरमा ५० रनको लक्ष्य दिएपनि डिएस मेथडमा चीनले ४३ रनको लक्ष्य पाएको थियो ।

चीनले अन्तिम बलमा ४३ रनको लक्ष्य ५ विकेट गुमाएर पूरा गर्यो । चीनका लागि २ ब्याटरले मात्र दोहोरो अंकमा स्कोर गरे पनि जितका लागि त्यो पर्याप्त भयो । नेपालका लागि रिया शर्माले २ तथा सिता राना मगरले १ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले तोकिएको ७ ओभरमा ५ विकेट गुमाएर ५० रन जोडेको थियो । तल्लोकूमकी ब्याट कविता कुवँरले १० बलमा २२ रनको सर्वाधिक इनिङ्स खेलेको खेलमा कप्तान इन्दु बर्माले ११ रन बनाइन् । नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.