ऐतिहासिक उपलब्धि: इंल्यान्डका बलर निक डाउन्सले क्लब क्रिकेटमा पूरा गरे १ हजार विकेट, जिमी एन्डरसनको कीर्तिमान तोडियो
काठमाडौँ। इंग्ल्यान्डको स्थानीय क्लब क्रिकेटमा एउटा विरलै बन्ने ऐतिहासिक कीर्तिमान कायम भएको छ। इंग्ल्यान्डका भेट्रान क्लब क्रिकेटर निक डाउन्सले क्लब क्रिकेटको करियरमा आफ्नो १ हजार विकेट पूरा गर्दै इतिहास रचेका छन्। यस सानदार उपलब्धिसँगै उनले इंग्ल्यान्डका महान् अन्तर्राष्ट्रिय बलर जेम्स (जिमी) एन्डरसनको एउटा विशेष रेकर्डलाई समेत पछि पारेका छन्।
बेलायती सञ्चारमाध्यमहरूका अनुसार क्लब क्रिकेट इतिहासमा निकै लामो समयदेखि सक्रिय बलर डाउन्सले खेलका क्रममा यो एतिहासिक आँकडा पार गरेका हुन्। व्यावसायिक क्रिकेटमा नभए पनि स्थानीय क्लब स्तरको क्रिकेटमा १ हजार विकेट लिनुलाई एक अविश्वसनीय र दुर्लभ खेल जीवनको रूपमा हेरिएको छ।
जिमी एन्डरसनको कीर्तिमान भंग
इंग्ल्यान्डका लागि टेस्ट क्रिकेटमा ७०० भन्दा बढी विकेट लिएर सन्यास घोषणा गरिसकेका फास्ट बलर जेम्स एन्डरसनको नाममा रहेको क्लब तथा प्रथम श्रेणीको एउटा स्थानीय कीर्तिमानी रेकर्डलाई डाउन्सले उछिनेका हुन्। एन्डरसनको स्थानीय स्तर र क्लब म्याचको विकेट संख्याको रेकर्डलाई पार गर्दै डाउन्स अहिले इंग्ल्यान्डको स्थानीय क्रिकेट सर्कलमा सबैभन्दा बढी चर्चाको केन्द्र बनेका छन्।
लामो समयदेखि 'ट्विफोर्ड एन्ड रस्कोम्ब क्रिकेट क्लब' सँग आबद्ध रही जुनियर खेलाडीहरूलाई समेत प्रशिक्षण दिँदै आएका डाउन्सले आफ्नो फिटनेस र खेलप्रतिको समर्पणका कारण यो सफलता हात पारेको खेल विज्ञहरूले बताएका छन्।
स्थानीय खेलकुद परिषद् र उनको क्लबले यस ऐतिहासिक उपलब्धिका लागि डाउन्सलाई विशेष बधाई ज्ञापन गर्दै सम्मान समेत गरेका छन्। सामाजिक सञ्जालमा समेत यतिबेला विश्वभरका क्रिकेट प्रशंसकहरूले उनको यो '१ हजार विकेट' को आँकडालाई 'क्रिकेटप्रतिको साँचो प्रेम र समर्पण' भन्दै तारिफ गरिरहेका छन्।
टिप्पणी लेख्नुहोस्