लेख विवरण

एसियन गेम्स क्वालिफायर्सः नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै

एसियन गेम्स क्वालिफायर्सः नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, १७ जेठ  । नेपालले आज चीनसँग क्रिकेट प्रतिस्पर्धा गर्दैछ । ण्ण्

सिंगापुरमा हुने पुरुष एशियन गेम्स क्वालिफायर्सका लागि नेपालले आज चीनसँग पहिलो खेल खेल्दैछ । यो खेल नेपाली समय नुसार बिहान सवा ७ बजेदेखि शुरु हुदैछ । 

यस प्रतियोगितामा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा ऐरी (कप्तानं) सहित कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेस बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ सेख, सोमपाल कामी, करण केसी र साहब आलम रहेका छन् ।

पुरुष एशियन गेम्स क्वालिफायर्समा नेपालसहित ८ देशले भाग लिदैछन् । जसमा समुह ए मा नेपाल, मलेसिया, कतार र चीन रहेका छन् भने समुह बी मा ओमान, हङकङ, बहराइन र सिंगापुर रहेका छन् । प्रतियोगितामा नेपालले आज चीनसँग, जुन २ मा कतारसँग र जुन ४ मा मलेसियासँग खेल्ने तालिका रहेको छ ।


 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.