आरटी गोल्डकप: मकालु एफसीलाई हराउँदै न्यू ब्वाइज फाइनलमा, रमेश थारुको निर्णायक गोल
क्वालालम्पुर, १८ जेठ (जुन १) ।
मलेसियामा जारी ‘दोस्रो आरटी गोल्डकप २०२६’ अन्तर्गत भर्खरै सम्पन्न पहिलो सेमिफाइनल खेलमा न्यू ब्वाइज एफसी जोहोर विजयी भएको छ। मकालु एफसीलाई १−० को साँघुरो गोल अन्तरले पराजित गर्दै न्यू ब्वाइजले प्रतियोगिताको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
शाह आलमस्थित पानासोनिक स्टेडियममा भएको निकै प्रतिष्पर्धात्मक खेलको पहिलो हाफको सुरुवातमै न्यू ब्वाइज एफसीले खेलमा अग्रता बनाएको थियो। टोलीका लागि रमेश थारुले गरेको एकमात्र गोल नै खेलको निर्णायक गोल साबित भयो। सुरुवाती गोल खाएपछि मकालु एफसीले खेलमा फर्कने प्रयास गरे पनि न्यू ब्वाइजको बलियो रक्षापंक्तिलाई तोड्न सकेन।
आकर्षक पुरस्कार राशि
मे ३१ देखि जुन १ सम्म मलेसियामा आयोजना भइरहेको यस प्रतियोगिताको पुरस्कार राशि निकै आकर्षक रहेको छ। प्रतियोगिताको उपाधि जित्ने र उपविजेता बन्ने टोलीले पाउने पुरस्कार यस प्रकार छ:
व्यक्तिगत विधातर्फ पनि पुरस्कारको ओइरो
आयोजक आरटीएफसी (RTFC) का अनुसार टोलीगत उपाधिका अलावा खेलाडीहरूको उत्कृष्ट प्रदर्शनलाई कदर गर्न विभिन्न व्यक्तिगत विधाहरूमा पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने निम्न विधाका विजेताहरूलाई जनही ३०० मलेसियन रिंगेट र ट्रफीद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ:
-
उत्कृष्ट गोलकिपर
-
उत्कृष्ट मिडफिल्डर
-
उत्कृष्ट डिफेन्डर
-
उत्कृष्ट प्रशिक्षक
-
सर्वोत्कृष्ट खेलाडी (MVP)
मलेसियामा रहेका प्रवासी नेपाली फुटबल प्रेमीहरूको बाक्लो र उत्साहजनक उपस्थितिले प्रतियोगितालाई थप भब्य बनाएको छ। नेपाली प्रवासी समुदायमाझ यो प्रतियोगिता अहिले निकै चर्चा र उत्साहको केन्द्र बनेको छ।
टिप्पणी लेख्नुहोस्