लेख विवरण

दोश्रो उपत्यकाव्यापी खो खो प्रतियोगिता: छात्रतर्फ कुमुदिनी कुञ्ज र छात्रामा मंगल मावि च्याम्पियन

दोश्रो उपत्यकाव्यापी खो खो प्रतियोगिता: छात्रतर्फ कुमुदिनी कुञ्ज र छात्रामा मंगल मावि च्याम्पियन

सुप्रिम र आइ उत्कृष्ट रनर, दिपेन्द्र र दृष्टि उत्कृष्ट एट्याकर घोषित

काठमाडौं, 

कुमुदिनी कुञ्ज र मंगल माविले दोश्रो उपत्यकाव्यापी अन्तरविद्यालय खो खो प्रतियोगिताको उपाधि जितेका छन्। कीर्तिपुरस्थित कभर्डहलमा सोमबार सम्पन्न फाइनल खेलमा कुमुदिनी कुञ्ज छात्रतर्फ र मंगल मावि छात्रातर्फ च्याम्पियन बनेका हुन्।

कीर्तिपुर खो खो एकेडेमीको आयोजना तथा कीर्तिपुर नगरपालिका वडा नम्बर २ को प्रायोजनमा सञ्चालित तीनदिने प्रतियोगितामा छात्र तथा छात्रा दुवैतर्फ समान १६–१६ टोलीले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक विक्की महर्जनले जानकारी दिए।

उपविजेता र विधागत उत्कृष्ट स्थान

प्रतियोगिताको छात्र तथा छात्रा दुवै विधामा उत्कृष्ट प्रतिस्पर्धा देखिएको थियो। प्रतियोगिताको अन्तिम नतिजा र उत्कृष्ट खेलाडीहरू यसप्रकार छन्:

१. छात्र विधा (Boys Category)

  • विजेता (प्रथम): कुमुदिनी कुञ्ज

  • उपविजेता (दोश्रो): बागेश्वरी मावि

  • तेस्रो स्थान: मंगल मावि

विधागत उत्कृष्ट खेलाडीहरू:

  • उत्कृष्ट रनर: सुप्रिम तामाङ (कुमुदिनी कुञ्ज)

  • उत्कृष्ट एट्याकर: दिपेन्द्र बडुवाल (बागेश्वरी मावि)

२. छात्रा विधा (Girls Category)

  • विजेता (प्रथम): मंगल मावि

  • उपविजेता (दोश्रो): एसियन ग्यालेक्सी

  • तेस्रो स्थान: मदन स्मारक

विधागत उत्कृष्ट खेलाडीहरू:

  • उत्कृष्ट रनर: आइ लामा (एसियन ग्यालेक्सी)

  • उत्कृष्ट एट्याकर: दृष्टि महर्जन (मंगल मावि)

विजेताहरू पुरस्कृत

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा विजयी खेलाडी तथा टोलीहरूलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरियो।

विजेताहरूलाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल र त्रिभूवन विश्वविद्यालय खेलकुद विज्ञान विभागका सदस्य प्रा.डा. रामकृष्ण महर्जनलगायतले एक भव्य कार्यक्रमबीच पुरस्कृत गरेका थिए।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.