फिफा विश्वकप २०२६: अस्ट्रेलियाको टोली घोषणा, क्रिस्टियन भोल्पाटो टोलीमा समेटिए
कप्तान म्याट रायन र म्याथ्यु लेकी चौथो पटक विश्वकप खेल्ने कीर्तिमान बराबरी गर्दै; टिम पोपोभिचद्वारा २६ सदस्यीय टोली सार्वजनिक
काठमाडौं, अस्ट्रेलियाले आगामी फिफा विश्वकप २०२६ का लागि आफ्नो २६ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ। अस्ट्रेलियाका मुख्य प्रशिक्षक टिम पोपोभिचले सोमबार घोषणा गरेको टोलीमा युवा सनसनी क्रिस्टियन भोल्पाटो र स्ट्राइकर टेटे येङ्गीले पहिलो पटक विश्वकप टोलीमा स्थान बनाउन सफल भएका छन्।
इटली छोडेर अस्ट्रेलिया रोजेका भोल्पाटो टोलीमा
२२ वर्षीय विङ्गर क्रिस्टियन भोल्पाटोले इटलीको तर्फबाट अन्तर्राष्ट्रिय खेल खेल्ने विकल्पलाई त्याग्दै अस्ट्रेलिया रोजेको केही दिनमै विश्वकप टोलीमा स्थान बनाएका हुन्। सिड्नीमा जन्मिएका भोल्पाटोले यसअघि इटलीको यु-२१ टोलीबाट खेलिसकेका थिए।
तथापि, उनले इटलीको सिनियर टोलीबाट कुनै पनि प्रतिस्पर्धात्मक खेल नखेलेका कारण फिफाको नियमअनुसार उनले अस्ट्रेलियाली टोली रोज्न पाएका हुन्। इटली यसपटक पनि विश्वकपमा छनोट हुन असफल भएको छ। इटालियन सिरी 'ए' क्लब सासुओलोबाट खेल्ने भोल्पाटोको आगमनले अस्ट्रेलियाको लाइनअप थप बलियो हुने प्रशिक्षक पोपोभिचले बताएका छन्।
रायन र लेकीको कीर्तिमानी चौथो विश्वकप
टोलीका अनुभवी कप्तान तथा गोलकिपर म्याट रायन र म्याथ्यु लेकीले चौथो पटक विश्वकप खेल्ने अस्ट्रेलियाली कीर्तिमान बराबरी गर्ने भएका छन्। यसअघि अस्ट्रेलियाका भेट्रान खेलाडीहरू टिम काहिल र मार्क मिलिगनले मात्र चार वटा विश्वकप खेलेका थिए। १०४ अन्तर्राष्ट्रिय खेल खेलिसकेका कप्तान रायन र लेकीको अनुभवले टोलीका १७ जना नयाँ युवा खेलाडीहरूलाई मार्गदर्शन गर्न ठूलो मद्दत पुग्ने विश्वास प्रशिक्षकले व्यक्त गरेका छन्।
विश्वकपको तयारी र समूह चरण
अस्ट्रेलिया आगामी विश्वकपमा बलियो समूह 'डी' मा रहेको छ। विश्वकपको म्याचहरू अघि अस्ट्रेलियाले आउँदो शनिबार स्यान डिएगोमा स्विट्जरल्याण्डसँग मैत्रीपूर्ण (वार्मअप) खेल खेल्नेछ।
विश्वकपमा अस्ट्रेलियाको खेल तालिका:
-
जुन १३: विरुद्ध टर्की (भ्यान्कुभर)
-
जुन १९: विरुद्ध अमेरिका (सियाटल)
-
जुन २५: विरुद्ध पाराग्वे (सान्टा क्लारा)
घोषित अस्ट्रेलियाली टोली (२६ सदस्य):
-
गोलकिपर: म्याट रायन, प्याट्रिक बीच, पल इज्जो।
-
डिफेन्डर: अजिज बेहिच, जोर्डन बोस, क्यामरुन बर्गस, एलेसSettingsसान्ड्रो सिर्काटी, मिलोस डेगेनेक, जेसन गेरिया, लुकास हेरिङ्टन, ज्याकब इटालियानो, ह्यारी सुटार, काई ट्रेविन।
-
मिडफिल्डर: क्यामरुन डेभ्लिन, ज्याक्सन इर्भिन, कनर मेटकाफ, म्याथ्यु लेकी, पल ओकोन-एङ्स्लर, एडेन ओ'निल।
-
फरवार्ड: अज्डिन ह्रस्टिच, नेस्टोरी इरानकुन्डा, एवेर माबिल, मोहम्मद टुरे, निशान भेलुपिल्लै, क्रिस्टियन भोल्पाटो, टेटे येङ्गी।
टिप्पणी लेख्नुहोस्